PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ



पहिलोपोस्ट

सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ

काठमाडौंः दुई दिन स्थिर रहेको सुनको मूल्य बढेर हालसम्मकै महँगो भएको छ। प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ भएको हो। सोमबार कायम मूल्यमा मंगलबार स्थिर रहेको सुन तोलामा २ हजार ५ सय रुपैयाँ बढ्दा सर्वाधिक महँगो भएको हो।

सुनको मूल्य साताको प्रारम्भमै तोलामा एक लाखबाट माथि उक्लिएको हो। गत शुक्रबार ९९ हजार ९ सय रुपैयाँ प्रतितोला थियो। आइतबार १ लाख १ हजार ९ सय भयो। त्यसमा १ हजार १ सय बढेर सोमबार १ लाख ३ हजार पुगेको थियो।

सुनको बुधबारको मूल्य हालसम्मकै सर्वाधिक हो। रुस-युक्रेन जारी द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा असर पर्दा पेट्रोलियम पदार्थ, डलरसँगै सुनको मूल्य अझ बढ्ने विश्लेषण भइरहेको छ। बुधबार डलर १ सय २३ रुपैयाँ ३६ पैसा पुगेको छ भने ब्रेन्ट क्रुड आयल (पेट्रोलियम पदार्थ) प्रतिब्यारेल १३०.५ डलर भएको छ।

बुधबार चाँदी तोलाको १४ सय ५० रुपैयाँ पुगेको छ। गत सोमबार १४ सय २५ मा कारोबार भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ घटेको थियो। बुधबार ४० रुपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस २०५४.५१ डलर पुगेको छ। यसअघि मंगलबार २००८.७३ डलर थियो। चाँदी २६.६२ डलर पुगेको छ। मंगलबार २६.०१ डलर थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell