PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

स्थानीय तह निर्वाचन जिताउन तरुण युवाको भूमिका महत्वपूर्ण : रामचन्द्र पौडेल



पहिलोपोस्ट

स्थानीय तह निर्वाचन जिताउन तरुण युवाको भूमिका महत्वपूर्ण : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपाल तरुण दल भानु नगर समितिले आयोजना गरेको संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताए।

नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्ने भन्दै उनले भने, ‘युवा भनेका कांग्रेसको मेरुदण्ड हो। युवाहरू कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ।’

कांग्रेसले जितेमात्रै देशको विकास सम्भव रहेको उनको दाबी थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell