PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

पाटन ढोकामा परम्परागत र समकालीन चित्रको मेलाका दृश्यहरु

पाटन ढोकामा परम्परागत र समकालीन चित्रको मेलाका दृश्यहरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : ललितपुरको ढोकैमा क्याफेमा अहिले परम्परागत र समकालीन चित्रकला प्रदर्शनी चलिरहेको छ।

काठमाडौं त्रिनालेसँगको सहकार्यमा टुलिका कलाले ‘खोला २⁵, ३२ साइकल अफ लाइफ’ (Kholo 2⁵) प्रदर्शनी आयोजना गरेको हो।

चित्रकलाको विभिन्न विधामा कलम चलाउने २३ कलाकारहरुको तस्विर अहिले प्रदर्शनीमा राखिएको छ।

उजेन नोर्बु गुरुङले ‘कुरेट’ गरेको यो प्रदर्शनीमा कन्टेम्परी र ट्रेडिस्नल आर्ट विधाका चित्रहरु समेटिएको छ। समाजबाट हराउँदै गएका कुराहरुलाई चित्रकला मार्फत प्रस्तुत गर्न खोजिएको उनी बताउँछन्।

ट्रेडिस्नल आर्ट अन्तर्गत लोक चित्रकार, समुद्रमान सिंह श्रेष्ठ, उदयचरण श्रेष्ठ र प्रवेश राईका चित्र छन्। यस्तै, रजनी सिंख्वाल, राजकुमार राना मगर, बिकास कालिकोटे, सुजित महर्जन, नरेन्द्र मल्ल, रोजिना सिंख्वाल, रवि श्रेष्ठ, राजन साङचेन, क्रिस्टिना डंगोल, सुरु प्रजापति र सुजन श्रेष्ठका चित्रहरु ग्यालेरीमा प्रदर्शन भइरहेको छ।

कन्टेम्परी  विधा अन्तर्गत कैलाश के श्रेष्ठ, किशोर ज्योति, कृष्ण भक्त डंगोल, तिसा श्रेष्ठ, असिम शाक्य, आकाश प्रधान, पृथ्वी श्रेष्ठका चित्रहरु पनि प्रदर्शनीमा छन्।

यस्तै, प्रथम राज बज्राचार्यको काष्ठकला पनि प्रदर्शनीमा राखिएको छ।

कन्टेम्परी आर्टहरुको प्रदर्शनी चैत १ गतेसम्म हुनेछ भने ट्रेडिस्नल आर्टहरुको प्रदर्शनी चैत १५ गतेसम्मका लागि हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell