PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

रसियाली विमानलाई बेलायतले अब लिन सक्छ नियन्त्रणमा : उडान र अवतरण फौजदारी अपराध



पहिलोपोस्ट

रसियाली विमानलाई बेलायतले अब लिन सक्छ नियन्त्रणमा : उडान र अवतरण फौजदारी अपराध
Photo: GETTY IMAGES/BBC

बेलायतले रसियामाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ। सो प्रतिबन्धले रसियाली विमान र अन्तरिक्ष तथा उड्डयन प्रविधिको निर्यातमा असर पर्ने बुझिएको बीबीसीले उल्लेख गरेको छ।

प्रतिबन्धपछि बेलायत सरकारले रसियाली विमानहरू बेलायतमा नियन्त्रणमा राख्न सक्ने अधिकार पाएको छ। त्यस्तै, रसियाली विमान बेलायतमा उडान वा अवतरण गरिएमा त्यसलाई फौजदारी अपराधको रुपमा पनि लिन सक्नेछ।

सो प्रतिबन्धहरू क्रेमलिन निकट व्यक्तिहरूलाई लक्षित गरिएको बेलायती मन्त्रीहरूले भनेका छन्।

यसैबिच, ह्याम्पशायरको फर्नबरो एयरपोर्टमा एउटा रसियाली विमान यसअघि नै अनुसन्धानमा रहेको बुझिएको छ।

यसैगरी, नयाँ व्यापार प्रतिबन्धहरूले बीमा जस्ता सेवाहरूसहित रसियामा उड्डयन वा अन्तरिक्ष सम्बन्धी टेक्नोलोजीलगायत बेलायतको सबै निर्यातलाई रोक्नेछ।

नयाँ प्रतिबन्धहरूको घोषणा गर्दै विदेश सचिव लिज ट्रसले यसबाट ‘रसिया र क्रेमलिन निकट मानिसहरूलाई थप आर्थिक पीडा’ दिने बताइन्। उनले बेलायत सरकारले युक्रेनलाई समर्थन गर्ने र ‘अन्तर्राष्ट्रिय रुपमा रसियालाई एक्लो पार्न’ काम जारी राख्ने बताइन्।

यातायात सचिव ग्रान्ट शाप्सले रसियाली विमानमा प्रतिबन्ध लगाउने पहिलो देशहरूमध्ये बेलायत एक भएको बताए। रसियाली विमान बेलायतको हवाई क्षेत्रमा सञ्चालन गर्नुलाई फौजदारी अपराधको रुपमा लिएर अगाडि बढिरहेको उनले बताए।

‘निर्दोष युक्रेनीहरूले पीडा भोगिरहँदा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र उनका साथीहरूलाई सामान्य अवस्था झैँ काम गर्ने अधिकारलाई अस्वीकार गर्न हामी काम गर्नेछौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell