PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मधेश प्रदेशमा कांग्रेस अधिवेशन : तीन जिल्लामा अधिवेशन सम्पन्न, दुई जिल्लामा आज मतदान हुँदै



पहिलोपोस्ट

मधेश प्रदेशमा कांग्रेस अधिवेशन : तीन जिल्लामा अधिवेशन सम्पन्न, दुई जिल्लामा आज मतदान हुँदै
FILE PHOTO

वीरगंज : मधेश प्रदेशका ८ जिल्लामध्ये ३ वटा जिल्लामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ। कांग्रेसको १४ औँ अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि पर्सा र रौतहटमा निर्वाचन भएको छ भने महोत्तरीमा सर्वसहमत रुपमा नेतृत्व चयन भएको छ। बुधवार बारा र सप्तरीमा मतदान भइरहेको छ। सर्लाही र सिराहमा विवादका कारण अधिवेशन अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ।

पर्सामा जनार्दन सिंह क्षेत्री, रौतहटमा जितेन्द्र यादव (सुनिल) र महोत्तरीमा नागेश्वर यादव सभापतिमा चुनिएका छन्।

सर्लाहीमा विवादका कारण अधिवेशन स्थगित भएको निर्वाचन अधिकृत नागेश्व प्रसाद सिंहले जानकारी दिए।

बारामा संस्थापन पक्षका राजेशराय यादव र शम्भु बुढाथोकी र संस्थापन इतर पक्षबाट रामानन्द यादव प्यानलसहित चुनावी मैदानमा छन्। सप्तरीमा भने संस्थापन पक्षबाट शत्रुधन यादव र संस्थापन इतर समूहका रामदेव साहले सभापति पदका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

कांग्रेसको सक्रिय सदस्यता विवादका कारण मधेश प्रदेशका ८ जिल्ला सहित १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन।

धनुषामा पुनः मतदान

नेपाली कांग्रेस धनुषाको जिल्ला सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ। पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।

तीन उम्मेदवारमध्ये कांग्रेस नेता विमलेन्द्र निधि निकट योगेन्द्र पंजियार सर्वाधिक मत १ हजार २४८, संस्थापन पक्षका सन्तोषकुमार यादव ८८३ र कोइराला समूहका दिनेशप्रसाद प्रसैला यादवले ६३० मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell