PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा २५ खेलाडी



पहिलोपोस्ट

थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा २५ खेलाडी
फाइल फोटो

काठमाडौं: नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि २५ खेलाडी बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

नेपालले मार्च २४ (चैत १०) मा थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै छ। त्यस्तै नेपाली टोलीले अर्को मैत्रीपूर्ण खेल त्यहाँको स्थानीय क्लब चोनबुरीसँगै खेल्नेछ। दुबै खेल थाइल्याण्डमा हुनेछन्।

थाइल्याण्ड फिफा वरीयतामा १ सय १२ औं स्थानमा छ भने नेपाल १६७ औं स्थानमा छ।

यी खेललाई अगामी एएफसी कप क्वालिफायर्सको तयारीका रुपमा हेरिएको छ। एएफसी एसियन कप २०२३ को छनोटमा नेपाल समूह 'ए' मा परेको छ। आज सम्पन्न ड्र अनुसार नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया समूह 'ए' मा छन्। यो समूहका खेलहरु कुवेतमा हुनेछन्। नेपालले जोर्डनसँग जुन ८ तारिख, कुवेतसँग ११ तारिख र इन्डोनेसियासँग १४ तारिखमा खेल्नेछ। जोर्डन र कुवेतसँग यसअघिको चरणमा पनि नेपालले प्रतिस्पर्धा गरिसकेको छ।

नेपालले पछिल्लो पटक जनवरी २९ र फेब्रुअरी १ मा मरिसससँग मैत्रीपूर्ण खेल खेलेको थियो।

बन्द प्रशिक्षणमा बोलाइएका २५ खेलाडी

किरणकुमार लिम्बु (गोलकिपर), टिकेन्द्र थापा (गोलकिपर), दीप कार्की (गोलकिपर), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज जिउ ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द, जगजीत श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell