PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

चुनावी तालमेलबारे गठबन्धनका नेताकै मत बाझियो : माधव नेपाल भन्छन् : हुन्छ,  पूर्णबहादुर भन्छन् : निर्णय भएको छैन



पहिलोपोस्ट

चुनावी तालमेलबारे गठबन्धनका नेताकै मत बाझियो : माधव नेपाल भन्छन् : हुन्छ,  पूर्णबहादुर भन्छन् : निर्णय भएको छैन

काठमाडौं : स्थानीय निर्वाचनमा सत्ता गठबन्धनका दलहरुबिच चुनावी तालमेल हुने/नहुनेबारे नेताहरुको मत बाझिएको छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठकमा बुधवार निर्वाचनमा तालमेलका लागि सहमति भइसकेको बताएका थिए। तर,नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले गठबन्धनभित्र सहमति नभएको बताएका छन्।

नेपाली कांग्रेसले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्रीय समितिले निर्णय नगरेसम्म गठबन्धन हुन्छ भन्नु 'अपरिपक्व' भएको टिप्पणी गरेका हुन्। 

'कार्यसमितिको बैठकले निर्वाचन बारे व्यापक छलफल गरेर निर्णय हुन्छ। चुनावमा गठबन्धन बनाउछौं कि बनाउँदैनौं भन्ने कुरा अहिले भन्दा अपरिपक्व हुन्छ। यसमा सरकार अलमलिएको छैन,'उनले भने।

कुन दलसँग गठबन्धन हुन्छ/हुन्न भन्नेकुरा अहिले नै भन्नु गलत भएको उनको भनाइ छ। गठबन्धनमा रहेका नेताहरुबिच आआफ्नो धारणा हुने भए पनि चुनावमा गठबन्धन हुने नहुनेबारे कांग्रेसको निर्णयमा भर पर्ने उनको भनाइ छ। 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले केन्द्रीय सदस्यहरुलाई चुनावमा तालमेल गर्नेबारेमा सहमति भइसकेको भन्दै एमसीसीमा व्याख्यात्मक टिप्पणी गरेर पास नगरेको भए कांग्रेस एमालेसँग मिलेर आफ्नो पार्टीको अस्तित्व नै संकटमा पर्ने बताएका थिए। यस्तै,एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पनि आफूहरुको चाहेर मात्रै गठबन्धन नहुने र कांग्रेसका केही नेताहरुको धारणा गठबन्धन विरुद्ध भएको बताएका छन्।

यस्तै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका नेता विरुद्ध नबोल्न आफ्ना पार्टीका नेताहरुलाई सचेत गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell