PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

माओवादीबाट निर्वाचित रंगेली नगरपालिकाका प्रमुख र उपप्रमुख एमालेमा प्रवेश



पहिलोपोस्ट

माओवादीबाट निर्वाचित रंगेली नगरपालिकाका प्रमुख र उपप्रमुख एमालेमा प्रवेश

काठमाडौं : नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन्। मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल एमालेमा प्रवेश गरेका हुन्।

मोरङमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्। 

स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरुलाई आफ्नो पार्टी प्रवेश गराउन थालेका छन्। मंगलवार नेकपा एमालेबाट निर्वाचित सिन्धुपाल्चोकको बलेफी गाउँपालीकाका अध्यक्ष केदार क्षेत्री कांग्रेसमा प्रवेश गरेका थिए।

स्थानीय तहको निर्वाचन बैशाख ३० गतेका लागि तोकिएको छ। मिति नजिकिएसँगै दलहरुले गाउँ केन्द्रित अभियान चलाउन थालेका छन्।

पछिल्लो समय एमाले अध्यक्ष ओलीले विभिन्न ठाउँमा पुगेर पार्टी प्रवेश कार्यक्रममा सहभागी भइरहेको एमालेले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell