PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

पल्पसा डंगोलको मिर्गौला प्रत्यारोपण हुँदै



पहिलोपोस्ट

पल्पसा डंगोलको मिर्गौला प्रत्यारोपण हुँदै
FILE PHOTO

काठमाडौं : कलाकार पल्पसा डंगोल (चम्सुरी) को मिर्गौला प्रत्योरोपण भइरहेको छ। उनको आज महाराजगन्जस्थित त्रि वि शिक्षण अस्पतालमा प्रत्यारोपण भइरहेको हो।पल्पसाको मिर्गौला प्रत्यारोपण कार्य जारी रहेको उनकी जेठी छोरी लुनिभा डंगोलले जानकारी दिइन्।

पल्पसाका भाईले उनलाई मिगौला दिएको लुनिभाले बताइन्।

'आमाको मिर्गौला प्रत्यारोपण कार्य चलिरहेको छ। केही सामानहरू नहुँदा अलि समय लागिरहेको छ। कतिखेर सकिन्छ भन्ने टुंगो छैन।' उनले भनिन्।  

पाँच वर्षअघि पल्पसालाई पहिलोपटक मिर्गौलाको समस्या देखिएको थियो। तर, परिवारका कसैलाई पनि उनले यसबारे जानकारी दिइनन्। तर सास फेर्न गाह्रो भएपछि उनलाई गत जेठमा टिचिङ अस्पताल लगिएको थियो। त्यसपछि उनको दुवै मिर्गौला फेर्नु पर्ने चिकित्सकहरुले बताएका थिए। यसबिच उनी हप्तामा दुई पटक डाइलासिस गर्दैँ आएकी थिइन्।

हास्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell