PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकपको फाइनलमा



पहिलोपोस्ट

मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकपको फाइनलमा

कैलालीः मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो। 

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा मनाङले बाजी मार्‍यो। पेनाल्टीमा मनाङका अञ्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पूजन उपरकोटीले गोल गरे। हिमालयनका उल्रिच शिवे र पिस्टन मुटाम्बाले गोल गरे।  विशाल श्रेष्ठ र विवेक पण्डित पेनाल्टीमा गोल गर्न चुके।

खेलको २८औँ मिनेटमा शिशिर लेखीले गोल गर्दै मनाङलाई सुरवाती अग्रता दिलाएका थिए। तर, खेलको ८०औँ मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए।

अब उपाधिका लागि मनाङले फागुन २८ गते वाग्मती युथ क्लब र फ्रेन्ड्स क्लबबीचको विजेतासँग खेल्नेछ। वाग्मती र फ्रेन्ड्सबीचको खेल बिहीबार हुनेछ।

प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ नगद प्राप्त गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell