PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

रात्रिकालीन व्‍यवसाय अब २४ घण्टा नै खोल्न पाइने, गृहले गर्‍यो प्रहरी प्रशासनलाई पत्राचार



पहिलोपोस्ट

रात्रिकालीन व्‍यवसाय अब २४ घण्टा नै खोल्न पाइने, गृहले गर्‍यो प्रहरी प्रशासनलाई पत्राचार

काठमाडौँः सरकारले रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाएको छ। अब रात्रिकालिन व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउने भएका छन्।

रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने विषयमा अध्ययन गर्न गृहमन्त्री बालकृष्ण खाणले १४ सदस्यीय समिति बनाएका थिए। समितिले दिएको सुझावका आधारमा व्यवसाय खुला गरिएको हो।

समितिले शान्ति सुरक्षालगायतका विषयलाई अध्ययन गरेर चौबिसै घण्टा व्यवसाय खोल्न दिने सुक्षाव दिएको थियो।

गृह मन्त्रालयले सबै जिल्लाका प्रहरी प्रशासनमा चौविसै घण्टा व्यवसाय खोल्ने वातावरण बनाउन पत्रचार समेत गरिसकेको छ।

'हामीले सबै जिल्लाका प्रहरी प्रशासनलाई व्यवसायीहरुको माग अनुसार चौबिसै घण्टा व्यवसाय खोल्न दिनु भनेका छौँ,' गृह मन्त्रालयका एक उच्च अधिकारीले भने।

यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell