वीरगंजः नेपाली कांग्रेस सप्तरीको सभापतिसहित ८७ पदका लागि भएको मतदान सम्पन्न भएको छ। राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा मंगलबार राति मतदान सम्पन्न भए पनि मतगणना स्थगित भएको हो।
बिहीबार मतगणना सुरु गर्ने सहमति भएको छ।
कूल २ हजार ५२५ मतादातामध्ये २ हजार ३४२ मतदानमा सहभागी भएको निर्वाचन अधिकृत रुद्र शर्माले बताए।
फागुन २१ गते भएको मतदानमा उपसभापतिका उम्मेदवार रामकुमार यादव र सचिव पदका उम्मेदवार दुर्गानन्द यादवले निष्पक्ष निर्वाचन नभएको भन्दै मतपत्र च्यातेपछि विवाद उत्पन्न भएको थियो।
कांग्रेस सप्तरीको नेतृत्वका लागि कोइराला पक्षबाट सभापतिमा रामदेव साहको प्यानल र संस्थापन पक्षबाट सभापतिमा शत्रुधनप्रसाद यादवको प्यानल चुनावी प्रतिस्पर्धामा छन्।