PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कांग्रेस बाराको नेतृत्व चयनको मतदान सकियो, बुधबार रातिबाटै मतगणना



पहिलोपोस्ट

कांग्रेस बाराको नेतृत्व चयनको मतदान सकियो, बुधबार रातिबाटै मतगणना

वीरगंजः नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशन अन्तर्गत बुधबार दोस्रो चरणको मतदान सम्पन्न भएको छ। बिहान १० बजेदेखि राति ७ बजेसम्म कलैयामा मतदान सम्पन्न भएको हो।

कूल २ हजार ४८२ मध्ये २ हजार ३९९ मत खसेको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए। बुधवार राति ९ बजेदेखि नै मतगणना प्रारम्भ गर्ने तयारी रहेको उप्रेतीले बताए।

बारामा यसअघि सोमबार भएको मतदानमा धाँधली भएको भन्दै केही उम्मेदवारले उजुरी गरेपछि पुनः मतदान भएको थियो।

सभापतिमा संस्थापन पक्षका शम्भुबहादुर बुढाथोकी र राजेशराय यादव र संस्थापन इतरबाट रामानन्द यादवले उम्मेद्वारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell