PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

बेन्जेमाको ह्याट्रिकसँगै रियल मड्रिड क्वाटरफाइनलमा, पीएसजी बाहिरियो



पहिलोपोस्ट

बेन्जेमाको ह्याट्रिकसँगै रियल मड्रिड क्वाटरफाइनलमा, पीएसजी बाहिरियो
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्स क्बल पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको छ। सान्टीआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा मड्रिडले पीएसजीमाथि ३-१ गोलअन्तरले जित निकालेको हो।

मड्रिडको जितमा करिम बेन्जेमाले ह्याट्रिक पुरा गरे। पहिलो हाफमा भने पीएसजीले खेलमा अग्रता बनाएको थियो। खेलको ३९ औं मिनेटमा नेइमारको पासमा किलियन एम्बाप्पेले टोलीलाई अग्रता दिलाउँदा पीएसजी एक गोलले अघि रह्यो। तर, दोस्रो हाफमा रियल खेलमा फर्कियो। रियलका लागि ६१ औं मिनेटमा भिनिसियस जुनियरको पासमा बेन्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै त्यस्तै ७६ औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका उनले ७८ औं मिनेटमा फेरि गोल थप्दा टोलीलाई क्वाटरफाइनलमा पुर्‍याउन सक्षम रहे।

पहिलो लेगको खेल पीएसजीले १-० ले जितेको हुँदा रियलले समग्रमा ३-२ गोलले जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell