PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु



पहिलोपोस्ट

संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं : संखुवासभामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ। ५ जना घाइते भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

बिहान झापातर्फ हिँडेको बस मादी नगरपालिकाको सातघुम्ती भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ। बस सडकबाट खसेको थियो।

घाइतेलाई उपचारका लागि धरानतर्फ पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell