PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

संखुवासभा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १३ पुग्यो



पहिलोपोस्ट

संखुवासभा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं : संखुवासभामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। 

जिल्लाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका-६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना भएको थियो।

घटनास्थलबाट प्रहरीले १३ जनाको शव निकालेको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीलाई उदृत गर्दै राससले जनाएको छ। दुर्घटनामा परी घाइते पाँच जनाको उद्धार गरी थप उपचारका लागि धरान पठाइएको छ। 

बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell