PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

सुरु भयो फागु पर्व, वसन्तपुरमा ठड्याइयो चीर

सुरु भयो फागु पर्व, वसन्तपुरमा ठड्याइयो चीर

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा ध्वजासहितको रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो।

आज बिहान ७:२७ बजेको साइतमा चीर ठड्याइएको हो।

चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले पशुपतिनाथमा चढाएको थियो। शार्दुलजंग गुल्मबाट गएको टोलीले पशुपतिपति क्षेत्रमा रहेको श्लेष्मान्तक वनबाट मयलको रुखको हाँगा काटेर पशुपतिनाथलाई चढाएर वसन्तपुर ल्याइएको थियो। यसरी मयलको रुख चढाएर पशुपतिनाथलाई वसन्तपुरमा होली खेल्न निमन्त्रणा दिने चलन रहेको बताइन्छ।

अबको ८ दिनपछि अर्थात् फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर यो चीर ढालिन्छ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने चलन छ। चीरको दहन गरेपछि औपचारिक रुपमा यस वर्षको होली सकिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell