PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

एकीकृत समाजवादीले यस्तो बनाउँदैछ स्थानीय तहको चुनाव जित्ने रणनीति



पहिलोपोस्ट

एकीकृत समाजवादीले यस्तो बनाउँदैछ स्थानीय तहको चुनाव जित्ने रणनीति

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठकबाट स्थानीय तह निर्वाचनको रणनीति तय गर्न जुटेको छ। बुधवार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा बिहीवार पनि समूहगत छलफल गरेर चुनावी अभियानबारे निर्णय हुने सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि नौ वटा समूह बनाएर केन्द्रीय सदस्यहरुले छलफल गरिरहेका छन्। स्थायी कमिटी र पोलिटब्युरो सदस्यलाई भने उक्त समूहमा राखिएको छैन।

गठबन्धनलाई कायम राख्न कोसिस गर्ने र गठबन्धन नभए आफ्नो जोडबलमा चुनाव जित्नका लागि गृहकार्य भइरहेको श्रेष्ठको भनाइ छ। 'गठबन्धन भए त भइहाल्यो नभए आफ्नो जोडबलमा पनि चुनाव जित्नका लागि अभियान चल्छ,'उनले भने।

स्थानीय तहको चुनावमा नेकपा (एमाले)बाहेकका दलहरुसँग तालमेल गर्ने एकीकृत समाजवादीका नेताहरुले बताएका छन्। स्थानीय तहमा प्रभाव भएका राजनीतिक दलहरुसँग पनि चुनावी तालमेल हुनसक्ने एकीकृत समाजवादीले जनाएका छ।

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), स्थानीय तह चुनाव लगायतका विषयमा छलफल गर्नका लागि एकीकृत समाजवादीका नेता बुधवारदेखि कार्की बैंक्यटमा जुटेका छन्। बुधवारको बैठकमा अध्यक्ष नेपालले गठबन्धन बनाउने बारेमा सत्तारुढ दलहरुभित्र सहमति भएको दाबी गरेका गरेका थिए। नेता झलनाथ खनालले एमसीसीबारे पार्टीको निर्णयको आलोचना गरेकोमा बुधवारको बैठकमा एमसीसी सम्बन्धिको विवादलाई आउने स्थानीय तहको निर्वाचनसम्मका लागि स्थगित गर्न सहमत भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell