PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पल शाह प्रकरण : सरकारी वकिलले लिए बयान, घटनामा जोडिएका अन्यसँग भने हुँदै



पहिलोपोस्ट

पल शाह प्रकरण : सरकारी वकिलले लिए बयान, घटनामा जोडिएका अन्यसँग भने हुँदै

काठमाडौं : बलात्कारको केसमा हिरासतमा रहेका पल शाहमाथि इलाका प्रहरी कार्यालय गैडाकोटले अनुसन्धान गरिरहेको छ।

बुधवार सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीमा लगेर शाहको बयान लिइएको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय गैंडाकोटले पनि शाहको बयान लिने काम भइरहेको छ। बलात्कारको केसमा उनीसँग जोडिएका अन्य मानिसको पनि बयान लिने काम भइरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेले बताइन्।

'घटनासँग प्रत्यक्ष जोडिएका मानिसलाई बोलाएर बयान लिएका छौं। केही मानिसलाई बोलाएका छौं। अहिले अनुसन्धानमा नै छ,' निरीक्षक पाण्डेले भनिन्।

जिल्ला प्रहरी कार्यालय तनहुँले पल शाहलाई अनुसन्धानका लागि हिरासतमा राख्‍न थप १२ दिन अनुमति पाएको छ। अनुसन्धानका केही पाटाहरु बाँकी भएकाले थप अनुसन्धान गर्न आइतवार प्रहरीले जिल्ला अदालतमा अनुमति मागेको थियो। पहिलो पटक सात दिनको अनुमति दिएको अदालतले दोस्रो पटक थप १२ दिनको म्याद थप गरेको थियो। तनुहँ प्रहरीमा आत्मसमर्पण गरेका शाहलाई थप अनुसन्धानको लागि तनुहँबाट गैंडाकोट लगिएको थियो।

२०७७ चैत ७ गते शाहले सुटिङको क्रममा गैडाकोट रिसोर्टमा जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। तनहुँमा उजुरी गर्ने र गैडाकोटमा उजुरी गर्ने पीडित किशोरी एकै हुन्। उजुरीमा पनि १८ वर्ष नपुगेकी बालिकालाई प्रेम जालमा पारेर करणी गरेको उल्लेख छ। नेपालको कानुनमा १८ वर्ष नपुगी सहमतिमा पनि यौन सम्पर्क राख्‍नु अपराध हो। शाहले अपराध गरेको पुष्टि भएमा १० देखि १२ वर्षसम्म सजाय हुने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell