PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

विधानसभा निर्वाचनको मतगणना : पंजाबमा आप अघि, उत्तर प्रदेशमा भाजपाले अग्रता लिँदै



पहिलोपोस्ट

विधानसभा निर्वाचनको मतगणना : पंजाबमा आप अघि, उत्तर प्रदेशमा भाजपाले अग्रता लिँदै
Photo : Getty Images

भारतको पाँचवटा विधानसभा क्षेत्रमा भएको निर्वाचनको मतगणना आज भइरहेको छ। उत्तर प्रदेश, पंजाब, मणिपुर, गोवा र उत्तराखण्डमा भएको निर्वाचनको मतगणना भइरहेको हो।

प्रारम्भिक मत परिणामका अनुसार उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीले अग्रता कायम गरेको छ। भाजपालाई समाजवादी पार्टीले टक्कर दिइरहेको छ। बहुजन समाजवादी पार्टी र भारतीय राष्ट्रिय कांग्रेस भने केही सिटमा अघि देखिएको छ।

पंजाबमा भने आम आदमी पार्टी (आप) ले यसपटक सरकार बनाउने भारतीय संचारमाध्यमले उल्लेख गरेको छ। कांग्रेसले यसपटक पंजाबमा नराम्रो हार ब्यहोर्ने देखिएको छ। भाजपाले पनि पंजाबमा राम्रो नजित ल्याउने देखिएको छैन।

मणिपुरमा भाजपा नै अघि देखिएको छ। गोवामा भने भाजवा र कांग्रेसबिच टक्कर भइरहेको छ।

यस्तै, उत्तराखण्डमा भाजपा नै अघि देखिएको छ। भाजपा ४२ सिटमा अघि रहँदा कांग्रेस २४ सिटमा अघि छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell