PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

आदित्य रोय अभिनित फिल्म ‘ओम : द ब्याटल विदिन’ १ जुलाईमा रिलिज हुने



पहिलोपोस्ट

आदित्य रोय अभिनित फिल्म ‘ओम : द ब्याटल विदिन’ १ जुलाईमा रिलिज हुने

बलिउड फिल्म ‘ओम : द ब्याटल विदिन’को प्रदर्शन मिति तय भएको छ। आदित्य रोय कपुर अभिनित यो फिल्म आगामी १ जुलाई २०२२ मा रिलिज हुने पक्का भएको छ।

फिल्म निर्माण टिमले बिहीवार फिल्मको फस्टलुक पोस्टरसहित रिलिज मिति घोषणा गरेको हो। फस्टलुक पोस्टरमा आदित्यलाई एक्सन अवतारमा देख्न सकिन्छ।

आदित्यले  फिल्मको फस्टलुक पोस्टर सेयर गर्दैँ फिल्मको रिलिज मिति इन्स्टाग्राममार्फत जानकारी दिएका छन्। ‘ओम १ जुलाई २०२२ बाट विश्वभरिका सिनेमा हलमा धमाका गर्न तयार छ,’ उनले लेखेका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by @adityaroykapur

कपिल वर्माको निर्देशन रहेको यस फिल्मलाई जी स्टुडियोजसहित अहमद खान र साइरा खानले निर्माण गरेका हुन्। एक्सन थ्रिलर फिल्ममा आदित्यका साथै सञ्जना सांघीको पनि मुख्य भूमिका रहेको छ।

आदित्य फिल्म ‘आशिकी २’बाट चर्चामा आएका कलाकार हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell