PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कांग्रेसका दोस्रो तहका नेतामाथि एकीकृत समाजवादीको प्रहार, ‘शीर्ष नेतृत्व गठबन्धनको पक्षमा’



पहिलोपोस्ट

कांग्रेसका दोस्रो तहका नेतामाथि एकीकृत समाजवादीको प्रहार, ‘शीर्ष नेतृत्व गठबन्धनको पक्षमा’

काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस बाहेकको गठबन्धन बन्नसक्ने बताएका छन्।

बिहीवार केन्द्रिय कमिटीको तेस्रो बैठकका बारेमा जानकारी गराउने क्रममा तुलाधरले यस्तो बताएका हुन्। उनले गठबन्धनमा नेपाली कांग्रेस सहभागी नबने कांग्रेस स्वयंलाई घाटा हुने दाबी गरे।

‘नेपाली काँग्रेसको इच्छा भएन भने नेपाली कांग्रेस बाहेकको गठबन्धन बन्न पनि सक्छ । त्यो कुरा स्वयं नेपाली काँग्रेसलाई संस्थागत रुपमा भन्ने हो भने घाटा पनि हुनसक्छ’ उनले भने।

तुलाधरले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरुको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको बताए। उनले चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताहरुले आगामी निर्वाचनमा आफ्नो पल्लाभारी गर्नको लागि आगामी निर्वाचनमा कांग्रेस गठबन्धनबाट नजाने भनिरहेको आरोप लगाए।

तुलाधरले नेपाली काँग्रेसका सभापति एवं शीर्ष नेताहरु भने गठबन्धनसहित आगामी निर्वाचनमा जाने पक्षमा रहेको बताए।

‘नेपाली कांग्रेसभित्रको शीर्ष नेतृत्व पंक्तिले एउटा कुराकानी गर्ने, दोस्रो पंक्तिका केही नेताहरुले उत्ताउलो बोल्ने जुन गरिरहनु भएको छ, त्यो सस्तो लोकप्रियताका लागि मात्रै हो भन्ने कुरा उहाँहरुकै नेताहरुले भन्नुहुन्छ,’ तुलाधरले भने, ‘समग्रमा नेपाली काँग्रेसलाई म दोष दिन्न। नेपाली कांग्रेसको मुल नेतृत्व, संस्थापन पक्ष, सभापति लगायतका शीर्ष नेताहरु गठबन्धन कायम नै गरेर जानुपर्छ भन्नेमा हुनुहुन्छ।’

तुलाधरले गठबन्धन पाँच दललाई नै आवश्यक रहेकोले स्थानीय चुनावमात्रै नभइ प्रदेश र संघीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell