PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

प्रदीपको मुख्य भूमिका रहेको 'प्रकाश' भदौ १० मा रिलिज हुने



पहिलोपोस्ट

प्रदीपको मुख्य भूमिका रहेको 'प्रकाश' भदौ १० मा रिलिज हुने

काठमाडौं : अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म 'प्रकाश' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वर्षको भदौ १० मा रिलिज हुने पक्का भएको हो।

प्रदीपको जन्मदिनको अवसरमा आज फिल्मको अफिसियल पोस्टरसहित रिलिज मिति घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा प्रदीप खड्का र दिया मास्केलाई देख्न सकिन्छ।

फिल्ममा गाउँको युवाले शिक्षकको सरकारी जागिर खान गर्ने संघर्षलाई समेटिएको छ। बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रदीप र दियासँगै रेनु योगी, प्रकाश घिमिरे, पवित्रा खड्कालगायतका कलाकारहरुको अभिनय छ।

विकास सुवेदीको कथा रहेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्। फिल्मलाई हिन्दी भाषामा पनि डबिङ गरेर प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell