PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

चार जनाले अर्धशतक बनाउँदा नेपालको सहज जित



पहिलोपोस्ट

चार जनाले अर्धशतक बनाउँदा नेपालको सहज जित
फाइल फोटो: क्यान

काठमाडौं: क्रिकेट विश्वकप लिग २ को तयारीमा श्रीलंकामा रहेको नेपाली टोलीले लगातार तेस्रो जित निकालेको छ। श्रीलंका पुलिसविरुद्ध आज सम्पन्न खेलमा नेपाली टोली १४४ रनले विजयी भएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३१ रन बनाएको थियो। उत्कृष्ट ब्याटिङ गरेको नेपालका नेपालका लागि ४ जना ब्याट्सम्यानले अर्धशतक पुरा गरे। नेपाली टोलीका लागि रोहितकुमार पौडेलले सर्वाधिक ७२ रन जोड्दा कुशल भुर्तेलले ५७, करण केसीले ५३ र आशिफ शेखले ५२ रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक कमलसिंह ऐरी ४५ रनमा अविजित रहँदा आरिफ शेखले २६, पवन सर्राफ र बिनोद भण्डारीले समान ३ तथा भीम सार्कीले २ रन जोडे।

जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकन पुलिसको टीम १८७ रनमा समेटियो। श्रीलंकाका लागि छमरा सिल्भाले सर्वाधिक ६४ रन बनाउँदा लहिरु मधुशङकाले ५० रन बनाए। त्यस्तै एल विभिताको ३७ रन महत्वपूर्ण रह्यो।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिँदा कमलसिंह ऐरी, सागर ढकाल र सन्दीप लामिछानेले समान २ विकेट लिए।

श्रीलंकामा तयारी गरिरहेको नेपालको यो लगातार तेस्रो जित हो। यसअघिका खेलमा नेपालले श्रीलंका नेभीको टीमलाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell