PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

खप्तड गोल्डकपको उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्ने 



पहिलोपोस्ट

खप्तड गोल्डकपको उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्ने 

कैलालीः खप्तड गोल्डकप फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लब फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा वाग्मती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फ्रेन्ड्स फाइनलमा प्रवेश गरेको हो।

फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजीव लोप्चनले एक/एक गोल गरे। वाग्मतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए। खेलको ६४औँ मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए भने खेलको ७१औँ मिनेटमा राजीवले गोल गर्दै फ्रेन्ड्सलाई २-० को अग्रता दिलाएका थिए।

८३औँ मिनेटमा जुनियरले गोल गरे पनि वाग्मती २–१ ले पराजित भयो। अब फ्रेन्ड्सले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell