PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

तालिकाको पुछारको नर्विचमाथि चेल्सीको सहज जित



पहिलोपोस्ट

तालिकाको पुछारको नर्विचमाथि चेल्सीको सहज जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले नर्विच सिटीमाथि सहज जित निकालेको छ। क्यार्वो रोड स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोली नर्विचमाथि ३-१ गोलअन्तरले सहज जित निकाल्यो।

म्यासन माउन्टको पासमा ट्रिभो छालोभले गोल गर्दै तेस्रो मिनेटमा नै चेल्सीलाई अग्रता दिलाए। त्यस्तै १४ औं मिनेटमा काइ हार्भटेजको पासमा माउन्टले गोल गर्दा पहिलो हाफमा चेल्सी २-० ले अघि रह्यो।

दोस्रो हाफमा नर्विच सिटीका लागि तीमु पु्क्कीले गोल गर्दै टिमको खाता खोले। उनले खेलको ६९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। यता चेल्सीका हार्भटेजले ९० औं मिनेटमा गोल थप्दा चेल्सीले ३-१ गोलअन्तरको सहज जित निकाल्न सक्यो।

जितसँगै २७ खेलबाट ५६ अंक जोडेको चेल्सी अंकतालिकाको तेस्रो स्थानमा छ। २८ खेलबाट १७ अंक जोडेको नर्विच भने तालिकाको पुछारमा छ।

प्रिमियर लिगमा गएराति नै सम्पन्न अन्य खेलहरुमा न्युक्यासलले साउथह्याम्टनलाई २-१ गोलअन्तरले, वुल्भ्सले वार्टफोर्डलाई ४-० ले र एस्टोनभिल्लाले लिड्सलाई ३-० ले हराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell