PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

पंजाबमा आम आदमी पार्टीलाई बहुमत, सिद्धु र चन्नी पराजित हुँदा कांग्रेस भयो 'कोल्याप्स'



पहिलोपोस्ट

पंजाबमा आम आदमी पार्टीलाई बहुमत, सिद्धु र चन्नी पराजित हुँदा कांग्रेस भयो 'कोल्याप्स'
Photo : NDTV

भारतको पंजाब विधान सभा निर्वाचनमा आम आदमी पार्टी (आप)ले बहुमत हासिल गरेको छ। वैकल्पिक पार्टीको रुपमा दिल्लीबाट उदाएको आपले पंजाबमा अब आफ्नो सरकार बनाउने छ।

आपले ११७ विधानसभा सिट मध्ये ९२ सिट जितेको छ। अरविन्द केजरिवाल नेतृत्वको आपले भगवन्त मानलाई पंजाबको मुख्यमन्त्री उम्मेदवार घोषणा गरेर निर्वाचन लडेको थियो।

आपको जितसँगै भारतीय राष्ट्रिय कांग्रेसलाई झट्का लागेको छ। कांग्रेसले यो निर्वाचनमा मात्र १८ सिटमा जित हासिल गरेको छ। पंजाबका मुख्यमन्त्री सीएस चन्नीले दुई स्थानबाट निर्वाचन लडेका थिए। उनी दुवै क्षेत्रबाट पराजित भएका छन्। यस्तै, कांग्रेस पंजाब प्रमुख नवजोत सिद्धु पनि पराजित भएका छन्। भारतीय संचारमाध्यमहरुले यस हारसँगै कांग्रेस 'कोल्याप्स' भएको उल्लेख गरेका छन्।  

कांग्रेसको यो हारलाई राहुल गान्धीको पराजयको संज्ञा पनि दिइएको छ। कांग्रेसमा पंजाबबाट कसलाई मुख्यमन्त्री बनाउने भनेर लामो समयसम्म ‘राजनीतिक ड्रामा’ चलेको थियो। सिद्धु र चन्नीमा कसलाई मुख्यमन्त्री बनाउने भनेर निर्णय लिनुपर्दा राहुलले चन्नीलाई छनोट गरेका थिए।

यस्तै, केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टीले पंजाबमा दुई सिट मात्र जितेको छ। सिरोमनी अकाली दलले ३ सिट जित्दा बहुजन समाजवादी पार्टीले एक सिट जितेको छ।  एक स्वतन्त्र उम्मेदवारले पनि निर्वाचन जितेका छन्।

आपको जितसँगै अरविन्द केजरिवालले पंजाबका जनतालाई धन्यवाद व्यक्त गरेका छन्। उनले आपको दिल्ली मोडल अब पंजाबमा लागू गर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell