PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

उत्तराखण्डमा फेरि भाजपा सरकार, पराजित धामी फेरि बन्लान् त मुख्यमन्त्री ?



पहिलोपोस्ट

उत्तराखण्डमा फेरि भाजपा सरकार, पराजित धामी फेरि बन्लान् त मुख्यमन्त्री ?
Photo : Financial Express

नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यमा फेरि भारतीय जनता पार्टीको सरकार बन्ने भएको छ। विधानसभाको ७० सिटमध्ये भाजपा ४७ सिट जितेको छ। भाजपाले जित हासिल गर्दै गर्दा मुख्यमन्त्री पुष्कर सिंह धामीले भने निर्वाचन हारेका छन्। उनलाई भारतीय राष्ट्रिय कांग्रेसका भुवन खाप्रीले पराजित गरेका हुन्।

खातिमा विधानसभा सिटबाट धामी पराजित भए पनि उनी उत्तराखण्डको मुख्यमन्त्री बन्ने दौडमा छन्। यस्तै, त्रिवेन्द्र सिंह रावत , सतपाल महाराज, गणेश जोशी पनि मुख्यमन्त्रीको लागि लबिङमा छन्।  

यस्तै, भारतीय राष्ट्रिय कांग्रेसले १८ सिट जितेको छ। बहुजन समाजवादी पार्टीले एक सिट जितेको छ। दुई स्वतन्त्र उम्मेदवारले पनि विधानसभा सिटमा विजयी हासिल गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell