PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

उत्तर प्रदेशमा फेरि योगी सरकार : अखिलेशलाई राहत, चलेन प्रियंका गान्धीको अनुहार



पहिलोपोस्ट

उत्तर प्रदेशमा फेरि योगी सरकार : अखिलेशलाई राहत, चलेन प्रियंका गान्धीको अनुहार
तस्विर : एएनआइ

भारतको उत्तर प्रदेशमा फेरि भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने निश्चित भएको छ। ४०३ सिट विधानसभामा भाजपाले २५५ सिट जितेको छ।  

२०१७ मा भएको विधानसभा निर्वाचनमा भाजपाले ३१२ सिटमा जित निकालेको थियो। यद्यपि, भारतकै सबैभन्दा ठूलो राज्यको निर्वाचनको मत परिणामले भाजपा उत्साहित देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो जितले आउने लोकसभा निर्वाचनको परिणाम पनि देखाएको टिप्पणी गरिसकेका छन्।

भाजपाको जितसँगै अब फेरि उत्तर प्रदेशमा योगी आदित्यनाथले सरकार बनाउने भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

यसपटकको विधानसभा निर्वाचनमा अखिलेश यादवले नेतृत्व गरेको समाजवादी पार्टी (सपा)ले नतिजामा सुधार गरेको छ। सपाले १११ सिटमा जित निकालेको छ। यसअघि सपाले मात्र ४७ सिटमा जितेको थियो।

पहिलाको नजितामा सुधार भएपछि अखिलेश यादवले भाजपाको सिट घटाउन सकिन्छ भनेर आफूहरुले प्रमाणित गरेको बताएका छन्। उनले जनहितका लागि सुरु गरिएको संघर्ष जित्ने उल्लेख गरेका छन्।

भारती राष्ट्रिय कांग्रेसले पनि उत्तरप्रदेशमा राम्रो नतिजा ल्याउन सकेन। प्रियंका गान्धीको अनुसारमा निर्वाचनमा होमिएको कांग्रेसले मात्र दुई सिटमा जित निकाल्यो। २०१७ को विधानसभा निर्वाचनमा कांग्रेसले ७ सिट जितेको थियो।  

मायावती नेतृत्वको बहुजन समाजवादी पार्टीले मात्र एक सिट जितेको छ। मायावतीले यो हारबाट आफूहरुले धेरै सिक्ने अवसर पाएको प्रतिक्रिया दिएकी छिन्। यसअघि बहुजनले १९ सिट जितेको थियो।

यस्तै, राष्ट्रिय लोक दलले ८ सिट, निर्बल इन्डियन शोषित हमारा आम दलले ६ सिट र शुहेलदेव भारतीयज समाज पार्टीले ६ सिट जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell