PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

मणिपुरमा भाजपाको बहुमत : बिरेन सिहं फेरि मुख्यमन्त्री बन्न सक्ने



पहिलोपोस्ट

मणिपुरमा भाजपाको बहुमत : बिरेन सिहं फेरि मुख्यमन्त्री बन्न सक्ने
Photo : NorthEast Today

भारतीय जनता पार्टी (भाजपा) ले मणिपुर विधान सभा निर्वाचनमा बहुमत हासिल गरेको छ। ६० सिटको विधासभामा भाजपाले ३२ सिट जितेको छ। यससँगै मणिपुरमा फेरि भाजपाले सरकार बनाउने भएको छ।

यो जितसँगै भाजपाका नोङथोमबम बिरेन सिहं फेरि मणिपुरका मुख्यमन्त्री बन्न सक्ने भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

विधानसभा निर्वाचनमा जनता दल युनाइटेडले ६ सिट जितेको छ भने भारतीय राष्ट्रिय कांग्रेसले ५ सिट जितेको छ।

यस्तै, नेश्नल पिपल्स पार्टीले ७ सिट, नागा पिपल्स फ्रन्टले ५ सिट जित्दा तीनजना स्वतन्त्र उम्मेदवारले पनि जित निकालेका छन्।

सन् २०१७ मा भएको विधानसभा निर्वाचनमा कांग्रेसले २८ सिट जितेको थियो भने भाजपाले २१ सिट जितेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell