
काठमाडौं : स्थानीय तहको निर्वाचनका विषयमा राजनीतिक दलसँग निर्वाचन आयोगले छलफल गरिरहेको छ। आयोगको कार्यालयमा अहिले विभिन्न १७ राजनीतिक दलका प्रतिनिधिसँग छलफल भइरहेको छ।
नेकपा एमालेका पार्टी कार्यालयका सचिव डा.भिष्म अधिकारीले दलहरुसँग आयोगले छलफल गरिरहेको बताए। 'अहिले हामी छलफलमै छौं। आयोगले स्थानीय तहको निर्वाचनका बारे बोलाएको हो,'उनले भने।
निर्वाचनबारे दलहरुको धारणा र निर्वाचनको तयारी लगायतका विषयमा आयोगले विभिन्न १७ पार्टीलाई छलफलका लागि बोलाएको हो।
निर्वाचन आयोगले मत पत्रलाई हरियो बनाउने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको थियो। एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोगको उक्त निर्णय सच्याउन आग्रह गरेका थिए। आयोगले भने मतपत्रको रंग छनोट गर्ने अधिकार आफ्नो रहेको जनाएको छ।