PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कांग्रेस बाराको नेतृत्वको लागि शनिवार मतदान हुने



पहिलोपोस्ट

कांग्रेस बाराको नेतृत्वको लागि शनिवार मतदान हुने

वीरगंज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बारा जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि दोस्रो चरणको मतदान शनिवार हुने भएको छ।

बुधवार भएको मतदानको नतिजा अनुसार तीन वटा प्यानल मध्ये कुनै पनि प्यालनले ५१ प्रतिशत मत ल्याउन नसक्दा नयाँ नेतृत्वको लागि दोस्रो चरणको मतदान हुन लागेको बाराका निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए।

उनका अनुसार बुधवारको मतदानमा कुल २४८२ मतदाता मध्ये २३९९ मत खसेको थियो। जसमा संस्थापन पक्षका जिल्ला सभापतिका उम्मेदवार राजेश राय यादवले सर्वाधिक ८३३, संस्थापन पक्षकै अर्का उम्मेदवार शम्भु बहादुर बुढाथोकीले ८०३ र संस्थापन इतर पक्षका उम्मेदवार रामानन्द यादवले ७०९ मत ल्याएका थिए।

दोस्रो चरणको निर्वाचनमा राजेश राय र शम्भु बहादुरबिच प्रतिस्पर्धा हुनेछ। तेस्रो भएका रामानन्दले भने कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने बारेमा हाल सम्म निर्णय गरेका छैनन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell