PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

अष्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एष्ट्रे’ को प्रदर्शन अधिकार



पहिलोपोस्ट

अष्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एष्ट्रे’ को प्रदर्शन अधिकार

काठमाडौं : ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार २७ लाख रुपैयाँमा बिक्री गरेको हो।

‘चिसो एष्ट्रे’ लाई कमेरोले ३० हजार अष्ट्रेलियन डलरमा प्रदर्शन अधिकार किनेको निर्माता महेशबाबु तिमिल्सिनाले बताए। कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच फिल्म प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक सम्झौता समेत भएको छ।

‘अष्ट्रेलियामा निरन्तर कार्यक्रमहरू गरिरहने कमेरो इभेन्ट्ससँग हाम्रो फिल्म पनि चलाउने सम्झौता भएको छ। लामो समयपछि अष्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन हुन लागेको छ। यसले विदेशतिर नेपाली फिल्म प्रदर्शनको बाटो बनाउने कुरामा पनि हामी आशावादी छौं,’ तिमिल्सिनाले भने।

दिन्श पाल्पाली निर्देशित यो फिल्म भूपि शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकको कविताबाट प्रभावित भएर तयार पारिएको हो। फिल्मको कथा समेत पाल्पालीले नै लेखेका हुन्।

फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील पाण्डे, रविन तामाङ आदि कलाकारको अभिनय रहेको छ। यो फिल्म चैत ४ गतेबाट प्रदर्शन हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell