PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कांग्रेस धनुषाको नेतृत्वको लागि मतदान हुँदै



पहिलोपोस्ट

कांग्रेस धनुषाको नेतृत्वको लागि मतदान हुँदै

वीरगंज : नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। बिहीबार हुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको हो।

आज बिहान ८ बजेदेखि मतदान भइरहेको कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले बताए।

कांग्रेस धनुषाका लागि दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा सर्वसहमति गराउने प्रयाय विफल भएपछि सभापति पदका उम्मेदवार प्रसैलाले पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका योगेन्द्र पंजियारलाई समर्थन गर्ने निर्णय गरेका छन्र पहिलो चरणको निर्वाचन प्रक्रियाबाट बाहिरिएका शेखर कोइराला समूहबाट सभापति पदका उम्मेदवार दिनेश प्रसैला यादवले निधि समूहका उम्मेदवार पंजियारलाई समर्थन गरेका छन्।

प्रसैला समूहले सर्वाधिक मत ल्याएका पंजियारको समूह र दोस्रो स्थानमा रहेका देउवा समूहको उम्मेदवार सन्तोष यादवबिच सहमति गराउने प्रयास गरेको थियो।

नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि गत मंगलवार राति भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणको मतदानबाट जिल्ला कार्य समिति चयन हुन लागेको हो। पहिलो चरणको निर्वाचनमा योगेन्द्र पंजियारले १ हजार २४८ मत ल्याएका थिए। सन्तोष यादवले ८८२ मत ल्याएका थिए। त्यस्तै, दिनेश प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell