PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

निर्माण व्यवसायीलाई गृहमन्त्री खाणको आग्रह : चौकीमा चिया खुवाउने काम नगर्नुस्



पहिलोपोस्ट

निर्माण व्यवसायीलाई गृहमन्त्री खाणको आग्रह : चौकीमा चिया खुवाउने काम नगर्नुस्

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले निर्माण व्यवसायीलाई राम्रो काम गर्न आग्रह गरेका छन्। काठमाडौंको कमलादीमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री खाणले उक्त भनाई राखेका हुन्।

राम्रो काम गरे प्रशासनले निर्माण व्यवसायीलाई दु:ख नदिने उल्लेख गर्दै खाणले चौकीमा गएर चिया खुवाउने काम नगर्न आग्रह गरे।

चितवनमा निर्माणाधीण सडकमा परेर गैंडाको मृत्युपछि भएको कारवाही प्रकरणलाई उल्लेख गर्दै खाणले भने, 'निर्माण व्यवसायीलाई चौकीमा चिया खुवाउने काम नगर्नुस्। यति भनेपछि तपाईहरुले बुझ्नुभयो होला।'

चितवनको गैंडा दुर्घटनामा आरक्षले कारवाही गरेको उल्लेख गर्दै खाणले निर्माण व्यवसायीलाई दु:ख दिने नियत सरकारको नभएको स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell