PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

सुरक्षा पन्तको 'बादलहरु' सार्वजनिक, भिडियोमा कुलमानको उज्यालो अभियान कथा



पहिलोपोस्ट

सुरक्षा पन्तको 'बादलहरु' सार्वजनिक, भिडियोमा कुलमानको उज्यालो अभियान कथा

काठमाडौं : कुलमान घिसिङको जीवनबाट प्रेरित भएर बनाइएको 'बादलहरू' बोलको गीत सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच कुलमानको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको हो।

कुलमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुन्। सार्वजनिक गीतको शब्द अभिनेत्री सुरक्षा पन्तले लेखेकी हुन्। राज के गोस्वामीको स्वर रहेको गीतमा मानव सुवेदीले संगीत भरेका हुन्।

गीतको भिडियोमा सुरक्षा पन्त, घनु जोशी र राज के गोस्वामीको अभिनय देख्न सकिन्छ। भिडियोमा गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा देखाइएको छ। गाउँमा बिजुली ल्याउन प्रयत्नरत इन्जिनियरको असामयिक निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको त्यो अपुरो काम पूरा गर्छ।

कुलमान घिसिङले कुनै गाउँमा जनतालाई बिजुलीको महत्व सम्झाउँदै गरेको भिडियोबाट प्रेरित भएर नै भिडियोको खाका बनाएको सुरक्षाले बताइन्। सुरक्षा कै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन्।

कुलमान घिसिङले आफ्नै पेशालाई केन्द्रमा राखेर बनाएको भिडियो हेर्दा खुसी लागेको बताए। उनले भिडियोमा देखाए जस्तै आफूले बिजुलीको महत्व बुझाउन धेरै संघर्ष गर्नुपरेको स्मरण गर्दै आफू नेपालको कुनाकुनामा बिजुली पुर्‍याउन कोसिस गरिरहेको सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell