PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

भारु नोट सहित दुई विदेशी महिला विमानस्थलमा समातिए



पहिलोपोस्ट

भारु नोट सहित दुई विदेशी महिला विमानस्थलमा समातिए

काठमाडौंः नोटबन्दीमा पारिएपछि प्रयोगमा नभएका भारु नोट बोकेका दुई विदेशी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा थाइल्यान्डका ३२ वर्षीया वन्विसा जन्तसन र ४१ वर्षीया वारापर्न खुन्सोम्ब्यात छन्।


बिहीबार काठमाडौंबाट भिस्तारा एयरको उडान नम्बर युके १५६ बाट दिल्ली जान लागेका उनीहरुको ब्याग एक्सरे मेसिनमा जाँच गर्दा भारु भेटिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

वन्विसाको खैरो रङको लेडिज ह्यान्ड ब्यागमा भारु १ लाख ७९ हजार ५ सय बराबरको नेपालमा प्रतिबन्धित २ हजार दरका ४ र ५ सय दरका ३४३ वटा नोट भेटिएको थियो । यसैगरी वारापर्नको ब्यागबाट १ लाख १५ हजार बराबरको ५ सय दरका २३० वटा नोट भेटिएको एसपी हिमालयकुमार श्रेष्ठले बताएका छन्।

भारतीय मुद्रा लुकाइछिपाइ लैजान खोजेको आरोपमा पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान र कार्बाहीका लागि प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell