
काठमाडौं : साउदी अरबका परराष्ट्रमन्त्री आगामी साता नेपाल आउने भएका छन्।
परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा साउदी अरबका परराष्ट्र मन्त्री तथा राजकुमार फैसल विन फरहान अल साउदले नेपाल भ्रमण गर्न लागेका हुन्।
आगामी फागुन ३० गतेदेखि चैत १ गतेसम्म हुने उनको भ्रमणका क्रममा द्वीपक्षीय छलफलका लागि सरकारले परराष्ट्र मन्त्री खड्काको नेतृत्वमा प्रतिनिधि टोली गठन गर्ने निर्णय गरेको छ। फरहान अल साउदको नेपाल भ्रमणका क्रममा 'जनरल कोअपरेशन अग्रिमेन्ट' हस्ताक्षर हुने बताइएको छ।
'जनरल कोअपरेशन अग्रिमेन्ट'को मस्यौदालाई स्वीकृत गर्दै मन्त्रिपरिषदले स्वीकृत प्रदान गरेको छ। सो अग्रिमेन्टमा हस्ताक्षर गर्न अख्तियारीसमेत प्रधान गरेको छ।