PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

समाचार र फेसबुकमा स्टाटस कसरी लेख्‍ने? एमालेका पत्रकारलाई ओलीको उपदेश



पहिलोपोस्ट

समाचार र फेसबुकमा स्टाटस कसरी लेख्‍ने? एमालेका पत्रकारलाई ओलीको उपदेश
फाइल फोटो : ओलीको सचिवालय

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारिता देश र जनताको पक्षमा हुनुपर्ने बताएका छन्।

हिजोको कुराको तारिफ भन्दा अहिलेको विषयमा कलम चलाउन उनले सुझाव दिए। प्रेस चौतारिको नवौं महाधिवेशनको पोखरामा उद्घाटन गर्दै ओलीले भने, 'मरेपछि मलाई सम्झिउन भन्ने इच्छा छैन्। वाइ द वे आगतमुखि हुनुपर्छ र त्यसका निम्ति काम गर्नुपर्छ।'

सञ्चार क्षेत्र विकास विरोधी हुन नहुने उनको भनाइ छ। सामाजिक सञ्जालमा पनि अनावश्यक कुरा लेखेर समय वर्वाद नगर्न एमाले निकट पत्रकार संगठन प्रेस चौतारीका पत्रकारलाई सुझाए। 

'सञ्चार क्षेत्रले विकासका निम्ति, वातावरण सुरक्षाका निम्ति आफूलाई लगाउन्। समाजिक सञ्जालको दुनियामा छौं। त्यसकारण यस्तो चिज मात्रै बोल्ने अभ्यास गरौँ। ट्वीट गर्दा सहि उचित होस्,' ओलीले सुझाए।

उनले फेसबुकमा आउने स्टाटसको अर्थ नभएको भन्दै जथाभावी नलेख्‍न सचेत गराए।

'यसरी फेसबुक स्टाटस लेख्‍न थालेका छौं - प्यास लाग्यो पानि खाउँ कि के हो? भनेर स्टाटस गइसक्यो। फेरि पानी खाएको कस्तो आनन्द भो, फेसबुक। अगाडिको फेसबुक र पछाडिको फेसबुकको के अर्थ छ? यसमा लेख्दा खर्च भइराखेको छ। फ्रि केही छैन। नथिङ इज फ्री। हाम्रो समय महत्वपूर्ण छ।' 

उनले फेसबुक/युट्युवले समय वर्वाद गरेको भन्दै ज्ञानको सदुपयोग गर्न पत्रकारलाई सुझाए।

'हाम्रो लेखाइले फेसबुक/युट्युवले समयको बरबाद नगरिदियोस् बरु अरुलाई केही नलेज देवस्। हाम्रो ज्ञानको सदुपयोग गर्नु पर्‍यो,' ओलीले भने।

आफ्नो औंला बिरामी भएर बांगो भएको भन्दै ओलीले टाइप गर्न त्यति नमिल्ने सुनाए। अब बोलेरै टाइप हुने प्रविधिको पर्खाइमा भएको उनको भनाइ थियो। 

'हाम्रो कलमको सदुपयोग गरौँ। अलि पछिदेखि टाइप यसो गर्नु पर्दैन होला। बोल्दै गयो यता टाइप सरर हुनेवाला छ। मेरो औंला बिरामी भएर टेडो टेडो छ। त्यो पर्खिरहेको छु,' उनले भने।  

उनले आफूले विदेशमा गएर अन्तर्वार्ता दिएको बताउँदै प्रेस स्वतन्त्रताको नाममा पीत पत्रकारिता नस्वीकारिने बताए। उनले सकारात्मक समाचार लेख्‍न अनुरोध गरे।

'हामीले हाम्रो समयको सदुपयोग देश जनता र परिवारका लागि हुनुपर्‍यो। सकारात्मक हुनुपर्‍यो। नेपालको प्रेसको सन्दर्भमा मलाई डाभोर्समा पनि प्रश्न गरिएको थियो। मैले स्वतन्त्रका नाममा पीत पत्रकारिता मिसन पत्रकारिताका नाउँमा जो बदमासि हुन्छ त्यो स्वीकारिँदैन। यसलाई एलो जर्नालिज्ममा हालिदिए हुन्छ। जो विकास विरोधी छ। त्यो बेलकुलै गलत हो हाम्रा लागि उपयुक्त छैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell