PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

आइवार बस्‍ने प्रतिनिधिसभा बैठकको कार्यसूची : प्रधान न्यायाधीश विरुद्धको महाअभियोग छलफल



पहिलोपोस्ट

आइवार बस्‍ने प्रतिनिधिसभा बैठकको कार्यसूची : प्रधान न्यायाधीश विरुद्धको महाअभियोग छलफल

काठमाडौं : आइतवार दिउँसो प्रतिनिधिसभाको बैठक बस्‍ने भएको छ।

दिउँसो १ बजे बस्‍ने बैठकमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाअभियोग छलफलमा लैजाने सम्भावित कार्यसूची समेत छ।

यस्तै, बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले 'सार्वजनिक लेखा समितिको एक्साइसौं वार्षिक प्रतिवेदन' समेत पेश गर्ने कार्यसूची छ।

प्रतितिनिधिसभामा महाभियोग प्रस्तावबारे सिफारिस समिति गठन गर्ने प्रस्ताव पारित भइसकेको छ। सभामुख अग्‍नि सापकोटाले ११ सदस्यीय समिति गठन गर्ने प्रस्ताव बहुमतले पारित गरेका हुन्। समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्‍डित, विष्णु पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell