PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

रुपन्देही कांग्रेसले 'घरघर जाऔं कांग्रेस जिताऔं' अभियान सफल बनाउन के गर्दैछ ?



पहिलोपोस्ट

रुपन्देही कांग्रेसले 'घरघर जाऔं कांग्रेस जिताऔं' अभियान सफल बनाउन के गर्दैछ ?

बुटवल : नेपाली कांग्रेस रुपन्देहीले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानलाई सफल पार्न विभिन्न कार्यक्रम गर्ने भएको छ।

कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरि पार्टीको संगठन विस्तार र सुदृढीकरणका यही फागुन २९ गतेदेखि एक महिनासम्म अभियान संचालन गर्न लागेको हो। नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको गत बुधवार बसेको बैठकले उक्त अभियानलाई सफल बनाउन ७७ वटै जिल्लामा केन्द्रिय सदस्य प्रतिनिधिको रुपमा खटाएको छ।

रुपन्देहीमा केन्द्रीय प्रतिनिधिको रुपमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य उदय शमशेर राणा आउने कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए।

‘अभियानलाई सफल बनाउन आइतबार पार्टीले भैरहवामा भेला आयोजना गरेको छ’ उनले भने।

पार्टीको सिद्धान्त, नीति र विचारलाई आममानिसमा पुर्‍याउन लागि यो अभियान संचालन गरिएको हो। पार्टीका नेता र कार्यकर्तासहित जनताका घरघरमा गएर निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम गर्ने खाणले बताए।

त्यस्तै कांग्रेस लुम्बिनी प्रदेश समितिले स्थानीय तहका उम्मेदवारहरुलाई छनोट गर्न विधि र मापदण्ड तय गरेको छ। उम्मेदवार छनोटको लागि पार्टीमा गरेको योगदान, जनाधार मूल्यांकन, कार्यक्षमता र कार्यकुशलता, दक्षतासहितको समावेशितालाई प्राथमिकता, क्रियाशीलता, निरन्तरतालगायतलाई आधार बनाएको प्रदेश सभापति अमरसिंह पुनले बताए।

राना मनोनित

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको कोषाध्यक्षमा प्रकाश राना मनोनित भएका छन्। कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठकले रानालाई कोषाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो। राना संस्थापन इतरका नेता हुन्।

बैठकमा प्रदेश सभापति पुनले रानालाई कोषाध्यक्षमा मनोनित गर्ने प्रस्ताव गरेका थिए। उनको प्रस्ताव बैठकले पारित गरेको हो। विधानमा कार्यसमिति सदस्य पदमा निर्वाचित एक जनालाई कोषाध्यक्ष पदमा सभापतिले मनोनित गर्ने व्यवस्था रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell