PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कोकाकोलाको उत्पादक बोटलर्स नेपालविरुद्ध उच्च अदालतमा मुद्दा दायर



पहिलोपोस्ट

कोकाकोलाको उत्पादक बोटलर्स नेपालविरुद्ध उच्च अदालतमा मुद्दा दायर

काठमाडौं : राजस्व अनुसन्धान विभागले कोकाकोलाको उत्पादन कम्पनी  बोटलर्स नेपाल लिमिटेड विरुद्ध करछलीको मुद्दा दर्ता गरेको छ।

आज उच्च अदालत पाटनमा राजस्व छली सम्बन्धि मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ। ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ छली गरेको देखिएकाले माग दावी सहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ।

राजस्व अनुसन्धान विभागमा कर छलीको उजुरी परेपछि लामो समयदेखि अनुसन्धान हुँदै आएको थियो। अदालतमा दायर भएको मुद्दामा कम्पनीका ८ जनालाई प्रतिवादी बनाइएको छ। प्रदीप पाण्डे, पुनित चन्द्र पाल, राजीव तण्डन, भरतबाबु दाहाल, सुमित गोयाल, अशोक कुमार मण्डल, डा. त्रिलोचन उप्रेती र संजिव कुमार मिश्रलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२  को दफा ४(झ) र दफा २३(३) को कसुरमा ऐ. दफा २३(३) बमोजिम सजाय हुन मागदावी लिई अभियोग पत्र दायर गरेको विभागले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell