PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

कोरोनाका कारण मृत्यु हुनेको संख्या 'रेकर्ड' गरिएको भन्दा तीन गुण बढी हुन सक्छ : अध्ययन



पहिलोपोस्ट

कोरोनाका कारण मृत्यु हुनेको संख्या 'रेकर्ड' गरिएको भन्दा तीन गुण बढी हुन सक्छ : अध्ययन

अनुसन्धानकर्ताहरुले कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको तथ्यांक 'रेकर्ड' गरिएको भन्दा तीन गुणा बढी हुन सक्ने दाबी गरेका छन्। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेको दुई वर्ष पुग्दा उनीहरुको रिपोर्ट सार्वजनिक भएको हो। उक्त अध्ययन अमेरिकाको वासिङटन युनिभर्सिटीको टोलीले गरेको थियो। उक्त टोलीले १९१ देश र क्षेत्रहरुको अध्ययन गरेको थियो।

अध्ययनमा केही मृत्यु भाइरसका कारण भएको र अरु संक्रमणका कारण भएको उल्लेख छ। यसो हुनुको कारण कोरोना लागेपछि अन्य जटिल स्वास्थ्य अवस्थामा थप प्रहार हुन सक्ने बताइएको छ। धेरै मृत्यु हुने क्रमलाई उनीहरुले 'एक्सेस डेथ' भनेका छन्।

विश्वभरको तथ्यांक हेर्ने हो भने हालसम्म करिब ६० लाख मानिसको कोरोनाका कारण मृत्यु भएको छ। अध्ययनले भने १ करोड ८० लाख भन्दा बढीको मृत्यु भएको दाबी गरेको छ।

सबैभन्दा धेरै मृत्यु कम आय भएको ल्याटिन अमेरिकी राष्ट्र, युरोप र सब सहरन अफ्रिकामा भएको छ। इटाली र अमेरिकामा पनि मृत्यु दर उच्च देखिएको छ।

बोलिभिया, बल्गेरिया, स्वातिनी, नर्थ मेसेडोनिया र लेसोथोमा ‘एक्सेस डेथ’ रेकर्ड गरिएको छ। आइसल्याण्ड, अस्ट्रेलिया, सिंगापुर, न्यूजिल्याण्ड र ताइवानमा कम मृत्यु दर रेकर्ड भएको छ।

अनुसन्धानकर्ताहरुले जनस्वास्थ्यको लागि कोरोनाका कारण भएको मृत्युको वास्तविक तथ्यांकबारेमा बहस हुनुपर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell