PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

पल शाहका म्यानेजर कृष्ण जोशी पनि समातिए



पहिलोपोस्ट

पल शाहका म्यानेजर कृष्ण जोशी पनि समातिए

काठमाडौं : जवर्जस्ती करणीको अभियोगमा पक्राउ परेका पल शाहका म्यानेजर पनि समातिएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले पलका म्यानेजर कृष्ण जोशीलाई नियन्त्रणमा लिएको हो। जवर्जस्ती करणी घटनामा पलको पक्षमा सामाजिक सञ्जालमा अफवाह फैलाएको र घटना लुकाउन मद्दत गरेर मतियार बनेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको हो। जोशीले विभिन्न युट्युवमा पीडित किशोरीको विभिन्न व्यक्तिसँग अवैध सम्बन्ध रहेको भन्दै अभिव्यक्ति दिएका थिए।

पल शाह अहिले पूर्वी नवलपरासीको गैंडाकोटमा थुनामा छन्। उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीसँग घटनामा जोडिएकाहरुसँग पनि बयानदेखि अन्य कोणबाट अनुसन्धान गरिरहेको छ। पल शाहले एक किशोरीलाई करीब एक वर्षअघि तनहुँ र पूर्वीनवलपरासीमा विभिन्न मितिमा जवर्जस्ती करणी गरेको उजुरी परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell