PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

'गाउँले ठिटो' लिएर आए राजेश हमाल, राजनीतिबारे प्रश्न सोध्दा के भने ?



पहिलोपोस्ट

'गाउँले ठिटो' लिएर आए राजेश हमाल, राजनीतिबारे प्रश्न सोध्दा के भने ?

काठमाडौं : अभिनेता राजेश हमालको आवाज रहेको गीत  'गाउँले ठिटो' सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमबिच उनको गीत सार्वजनिक भएको हो। 

गीत सार्वजनिक कार्यक्रम भए पनि आज राजेश हमाललाई गीतको भन्दा उनको भ्लगको बारे प्रश्नहरु सोधियो। बिहीवार 'राजेश हमाल अफिसियल' युट्युव अकाउण्टमार्फत उनले भ्लग सार्वजनिक गरेका थिए। जसमा राजेशले शहरको चिन्ता गर्दैँ 'मेयर बन्नुपर्छ कि क्या हो!' भनेका थिए। त्यसपछि मिडियामा राजेश हमाल काठमाडौं महानगरको मेयरमा उठ्न लागेको 'गसिप' आउन थाल्यो।

आजको कार्यक्रमा भने राजेशले भने आफूले उक्त कुरा व्यङग्यात्मक रूपमा भनेको बताए।

'मैले भ्लगमा व्यङ्ग्यात्मक रुपमा मेयर बन्नुपर्छ की भनेको हुँ। हाम्रो शहर कति अस्तव्यस्त छ। विशेषगरि मेरो सम्झनामा काठमाडौं शहर पहिले भन्दा धेरै परिवर्तन भएको छ। विकासका नाममा ठूला ठुूला घर र होटलहरू त बने। तर जुन सरकारी कामहरू हुनुपर्ने थियो त्यो भएन। बाटो, ढल, पेटी, ट्राफिक र तारहरूको अवस्था अस्तव्यस्त रूपमा देखिन्छ' उनले भने।

त्यसपछि पत्रकारले प्रश्न सोधे : के भोलिका दिनमा राजनीतिमा आउने सोच छ?'

जवाफमा राजेशले भने, 'यता घमाइलो उता घमाइलो, म त हजुर गाउँले ठिटो गाउँ नै रमाइलो'।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell