PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा तीन जनाको उम्मेद्वारी



सिन्धुपाल्चोक कांग्रेस सभापतिमा तीन जनाको उम्मेद्वारी

चौतारा : नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा तीन जनाको उम्मेद्वारी परेको छ। १४ अधिवेशन अन्तर्गत आज जिल्ला सदरमुकाम चौतारामा भएको उम्मेद्वार मनोनयनमा तीन जनाको उम्मेद्वारी परेको जिल्ला निर्वाचन समितिले जनायो।

सभापतिमा वंशलाल तामाङ,  जंगबहादुर लामा र डा प्रेमध्वज लामाको उम्मेदवारी परेको हो। दुई जना उपसभापतिमा पाँच जनाको, दुई जना सचिवमा चार जनाको र र दुई जना सहसचिवमा चार जनाले मनोनयन दर्ता भएको निर्वाचन समितिले जनायो।

जिल्ला कार्यसमितिका लागि भोलि बिहान ८ बजेबाट मतदान हुने कार्यतालिका रहेको छ।

कांग्रेस सिन्धुपाल्चोकको सभापति को बन्ला : वंशलाल, डा प्रेमध्वज कि जंगबहादुर?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell