PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

स्रोत नखुलेको १८ लाखभन्दा रकम सहित एक व्यक्ति पक्राउ



पहिलोपोस्ट

स्रोत नखुलेको १८ लाखभन्दा रकम सहित एक व्यक्ति पक्राउ

वीरगंज : सशस्त्र प्रहरी बल नेपाल, मधेस प्रदेश छिन्नमस्ता बाहिनीको टोलीले १८ लाख भन्दा बढी रकम सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। सूचनाको आधारमा बाहिनीको टोली तथा रौतहट सशस्त्र प्रहरीले शुक्रवार खोजतलासका क्रममा दीपनारायण प्रसादबाट १८ लाख ७३ हजार रुपैयाँ बरामद गरेको हो।

११ नं. गण रौतहटको सशस्त्र प्रहरी नायब निरीक्षक पञ्कजकुमार सिंहको कमान्डमा खटेको टोलीले रौतहट-९ बौधिमाई नपा –९ सरमुझवाबाट भारत पूर्वी चम्पारण(मोतिहारी) जिल्ला थाना महुअवा बस्ने वर्ष ४५ को दीपनारायणको बिआर ०५ वाई २९६९को मोटरसाइकलमा लुकाइरहेको अवस्थामा उक्त रकम बरामद गरेको हो।

प्रहरीले चेकजाँच गर्दा टुल बक्स, हेलमेट तथा सिट मुनी स्रोत नखुलेको १८ लाख ७३ हजार फेला गरेको हो। सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मधेस प्रदेशका डिआइजी गणेशठाडा मगरले प्रसादसहित बरामद रकम र मोटरसाइकललाई गौर भन्सारमा थप कारवाहीका लागि बुझाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell