काठमाडौं: साफ यू १८ महिला च्याम्पियनसिपमा सहभागी हुन जाने महिला टोलीलाई आज अखिल नेपाल फुटबल संघ एन्फाले विदाइ गरेको छ। मार्च १५ देखि २५ सम्म हुने प्रतियोगितामा भारतको जम्सेदपुरमा हुँदैछ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतको उपस्थितिमा खेलाडीलाई विदाइ गरिएको थियो।
प्रतियोगितामा नेपाल, भारत र बंगलादेश गरी तीन टोली सहभागी छन्।
नेपालले १५ तारिख भारतसँग, १७ तारिख बंगलादेशसँग, २१ तारिख भारतसँग र २३ तारिख बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
नेपाली टोलीकी कप्तान प्रीति राईले राम्रो तयारी भएको भन्दै प्रयोगितामा जित्ने विश्वास रहेको बताइन्।
अन्तिम टोलीः
सावित्री किसान (गोलकिपर), लीला जोशी (गोलकिपर), पूजा थापा (गोलकिपर), सबिना चौधरी, मञ्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दीपा शाही, हीमा रावत, सरस्वती हमाल, प्रीति राई, सुनकला राई, अञ्जली मचामासी, सारा बज्राचार्य, जेनिफर राणा, सरिश्मा थापा, सदिपा भोलन, कुसुम खतिवडा, अमिषा कार्की, मनमाया दमाई, गरिमा राई