PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

कर्णाली प्रदेशसभा सदस्य ठम्मर बहादुर विष्टले दिए राजीनामा, माओवादी केन्द्र पनि परित्याग



पहिलोपोस्ट

कर्णाली प्रदेशसभा सदस्य ठम्मर बहादुर विष्टले दिए राजीनामा, माओवादी केन्द्र पनि परित्याग

सुर्खेत : कर्णाली प्रदेशसभा सदस्य ठम्मर बहादुर विष्टले पदबाट राजीनामा दिएका छन्। उनले नेकपा माओवादी केन्द्र पार्टी परित्यागको घोषणासँगै सांसद पदबाट समेत राजीनामा दिएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन प्रदेशसभा सदस्य  विष्टले एससीसी परियोजना पारित गरेको विषयमा असन्तुष्ट जनाउँदै राजीनामाको घोषणा गरेका हुन्।

माओवादी केन्द्रको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेको भन्दै उनले ‍पार्टी परित्याग गरेको जनाएका छन्। एमसीसी पारित गर्नका लागि कार्यकर्तालाई सडकमा उतार्ने शीर्ष नेतृत्वले नाटक मञ्चन गरेको उनको आरोप छ ।

पार्टीले चेन अफ कमाण्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गरेको उनले बताएका छन्। पार्टीले आसेपासे तथा पहुँचको आधारमा साधन, स्रोत र बजेट दोहन गरेको भन्दै प्रदेशसभामा बस्न उचित नलागेर राजीनामा दिएको उनले राजीनमा पत्रमा उल्लेख गरेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell