PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

हेटौंडाको क्याम्पाडाँडामा मिनि रंगशालाको उद्घाटन, 'फुटबल खेल्न अब सहज हुने'



पहिलोपोस्ट

हेटौंडाको क्याम्पाडाँडामा मिनि रंगशालाको उद्घाटन, 'फुटबल खेल्न अब सहज हुने'

हेटौंडा : हेटाडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पाडाँडामा निर्माण भएको मिनि रंगशालाको उद्घाटन गरिएको छ। पिप्ले युवा क्लबको अगुवाई, हेटौंडा-५ वडा कार्यालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त रंगशालाको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन्।

रगंशालाको उद्घाटन गर्दै मेयर महतले विकास निर्माण र खेलकुदको क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले थुप्रै काम गरेको बताए। उनले जनताको पक्षमा विकास निर्माणको काम गरेकाले देशभरमा नै हेटौंडा उपमहानगरपालिका उत्कृष्ट रहेको दाबी गरे।

उक्त रंगशाला करिब पौने २ करोड रुपैयाँको लागतमा निर्माण गरिएको क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए। रंगशाला निर्माणमा हेटौंडा उपमहानगरपालिका र ५ नम्बर वडावासीको तर्फबाट १ करोड ३९ लाख रुपैयाँ, विभिन्न सहयोगी संस्था एवम् व्यक्तिहरुबाट करिब ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष घिमिरेले बताए।

हेटौंडामा फुटबलको धेरै सम्भावना भए पनि रंगशालाको अभावमा यहाँ संचालन हुने फुटबल प्रतियोगिताहरु अस्थायी प्यारफिटमा गर्नुपर्ने बाध्यता रहँदै आएको थियो। अब रंगशाला निर्माण पछि फुटबलस प्रतियोगिता गर्न स्थानको अभाव नहुने स्थानीयको विश्वास छ। यस्तै, रंगशालामा एथ्लेटिक्स समेत यहाँ संचालन गर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell